मल नपाएपछि पश्चिम नवलपरासीका किसान चिन्तामा
नवलपरासी । पश्चिम नवलपरासीका किसानले आवश्यकताअनुसार मल खरिद गर्न नपाएपछि चिन्तामा परेका छन् । रोपाइँ गर्ने समयमा आवश्यकताअनुसार मल नपाउँदा खेतीपाती राम्रो नहुने भन्दै उनीहरू चिन्तामा परेका हुन् ।
पाल्हीनन्दन गाउँपालिका–४ का ज्ञानेश्वर सहानीले समयमा मल नपाउँदा उत्पादन वृद्धि नहुने भन्दै चिन्ता व्यक्त गरे । उनले हरेक वर्ष यस क्षेत्रका किसानले मलको समस्या झेल्दै आएको सुनाउँदै सरकारी निकायले आफूहरूको समस्यामा ध्यान नदिएको गुनासो गरे ।
“मलको समस्या सधैँ बल्झिरहन्छ, मल नपाउँदा भारतबाट महँगोमा मल किनेर ल्याइन्छ । त्यो पनि प्रहरीहरूको गाली खानुपर्छ त कहिले कुटाइ खानुपर्छ,” जनत्री यादवले भने । रासायनिक मलको अभाव भएपछि खेती कसरी गर्ने भन्ने चिन्ता बढेको उनले बताए ।
“धान रोपाइँ सुरु भइसकेको छ । खेती सुरू गर्नुभन्दा पहिले मलखादको जोहो गर्नुपर्ने हो । अहिले आवश्यकता बमोजिम मल पाउन सकिएको छैन,” यादवले भने, “पश्चिम नवलपरासीमा आवश्यकताअनुसार रासायनिक मल मौज्दात नहुँदा समस्या सिर्जना भएको हो ।”
उनका अनुसार खरिद बिक्री ऐन प्रक्रिया लामो रहेको र खेती गर्ने समय आइसकेकाले समस्या हुने देखिएको कृषि सामग्री कम्पनी परासीले जनाएको छ । कम्पनीसँग भएको मल सहकारीले समयमा नलगेपछि किसान समयमा खरिद गर्न पाएका छैनन् ।
जिल्लामा ८० वटा सहकारी छन् । जसमा ७३ वटा सहकारीले कृषि सामग्री कम्पनीबाट मल लगेर किसानलाई वितरण गरिसकेको छ ।रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाभित्र रहेका सात वटा सहकारीले समयमा मल नलगेको र अहिले १९० मेट्रिकटन डिएपी र १२४ दशमलव ३ मेट्रिकटन युरिया मल कम्पनीको गोदाममा मौज्दात रहेको कृषि सामग्री कम्पनीका कार्यालय परासीका प्रमुख ताराप्रसाद खनालले बताए । जेठका लागि ४२९ मेट्रिकटन युरिया र ३५८ मेट्रिकटन डिएपी मात्र नवलपरासीको कोटा परेको थियो ।
“परासीमा २० हजार ४८० हेक्टर क्षेत्रफलमा किसानले बर्खे धान रोपाइँ गरिरहेका छन्,” प्रमुख खनालले भने, “यस वर्षका लागि १८ हजार मेट्रिकटन युरिया र १२ हजार मेट्रिकटन डिएपी थप आवश्यकता छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण