कर्फ्यू हटाइएपछि कस्तो छ लस एन्जलसको अवस्था ?
बिहीबार, २९ जेठ २०८२, १५ : २२
काठमाडौँ । बुधबार कर्फ्यू हटाइएपछि लस एन्जलस शान्त छ । तर अन्य सहरहरूमा भने विरोध प्रदर्शन हुने देखिएको छ । लस एन्जलसमा अहिलेसम्म ४०० भन्दा बढीलाई पक्राउ गरिएको छ ।
जसमध्ये ३३० जनालाई अवैध आप्रवासनको आरोप र १५७ जनालाई कर्फ्यू उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको समाचारहरूमा जनाइएको छ ।
तीमध्ये एक जनालाई एक प्रहरी अधिकारीको हत्या प्रयासको आरोप लगाइएको छ । यसबाहेक, सङ्घीय अभियोजकले छुट्टाछुट्टै घटनामा दुई जनालाई प्रहरी अधिकारीहरूमाथि ककटेल फ्याँकेको आरोप लगाएका छन् ।
हाल लस एन्जलसमा शान्ति कायम राख्न चार हजार राष्ट्रिय गार्ड र ७ सय मरीन तैनाथ गरिएको छ । लस एन्जलसमा शुक्रबार ट्रम्पको निर्वासन नीतिअन्तर्गत अवैध आप्रवासीहरूविरुद्ध छापामार कारबाही गरिएको थियो । त्यसपछि यहाँ प्रदर्शन सुरु भएको थियो । जुन हिंसात्मक झडपमा परिणत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण