शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

कर्फ्यू हटाइएपछि कस्तो छ लस एन्जलसको अवस्था ?

बिहीबार, २९ जेठ २०८२, १५ : २२
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । बुधबार कर्फ्यू हटाइएपछि लस एन्जलस शान्त छ । तर अन्य सहरहरूमा भने विरोध प्रदर्शन हुने देखिएको छ । लस एन्जलसमा अहिलेसम्म ४०० भन्दा बढीलाई पक्राउ गरिएको छ ।

जसमध्ये ३३० जनालाई अवैध आप्रवासनको आरोप र १५७ जनालाई कर्फ्यू उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको समाचारहरूमा जनाइएको छ । 

तीमध्ये एक जनालाई एक प्रहरी अधिकारीको हत्या प्रयासको आरोप लगाइएको छ । यसबाहेक, सङ्घीय अभियोजकले छुट्टाछुट्टै घटनामा दुई जनालाई प्रहरी अधिकारीहरूमाथि ककटेल फ्याँकेको आरोप लगाएका छन् । 

हाल लस एन्जलसमा शान्ति कायम राख्न चार हजार राष्ट्रिय गार्ड र ७ सय मरीन तैनाथ गरिएको छ । लस एन्जलसमा शुक्रबार ट्रम्पको निर्वासन नीतिअन्तर्गत अवैध आप्रवासीहरूविरुद्ध छापामार कारबाही गरिएको थियो । त्यसपछि यहाँ प्रदर्शन सुरु भएको थियो । जुन हिंसात्मक झडपमा परिणत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप