विमानमा सवार २४२ जनामध्ये एक जनामात्रै बाँचे
बिहीबार, २९ जेठ २०८२, २१ : २६

नयाँदिल्ली । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दिउँसो भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना सवार थिए।
अहिलेसम्म दुर्घटनामा एक जना मात्र यात्रु बाँचेका छन्। बाँकी सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ ।
विमानको सिट नम्बर ११ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार दुर्घटनामा बाँचेका हुन्। उनको भिडियो पनि सार्वजनिक भएको छ।
यसअघि समाचार एजेन्सी एएनआईले प्रहरी आयुक्तलाई उद्धृत गर्दै अर्को व्यक्तिको अस्पतालमा उपचार भइरहेको जानकारी दिएको थियो। तर उनको पनि मृत्यु भएको हो ।