विमानमा सवार २४२ जनामध्ये एक जनामात्रै बाँचे
बिहीबार, २९ जेठ २०८२, २१ : २६
नयाँदिल्ली । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दिउँसो भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना सवार थिए।
अहिलेसम्म दुर्घटनामा एक जना मात्र यात्रु बाँचेका छन्। बाँकी सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ ।
विमानको सिट नम्बर ११ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार दुर्घटनामा बाँचेका हुन्। उनको भिडियो पनि सार्वजनिक भएको छ।
यसअघि समाचार एजेन्सी एएनआईले प्रहरी आयुक्तलाई उद्धृत गर्दै अर्को व्यक्तिको अस्पतालमा उपचार भइरहेको जानकारी दिएको थियो। तर उनको पनि मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण