प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
काभ्रेपलाञ्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने बताएका छन् । शुक्रबार काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे ।
ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभई ‘इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गरे ।
नेपाल कहिल्यै कुनै मुलुकको अधीनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उनले नेपाल सानो राष्ट्र भए पनि स्वाधीनताका साथ बसेको स्पष्ट पारे ।
उनले इतिहासका तथ्यहरूले पहिले देखि नै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपललगायत जस्ता वनस्पतिको महत्त्व पूर्खाले नै पत्ता लगाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण