शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

गायिका रचना रिमालको स्वास्थ्यमा सुधार

शुक्रबार, ३० जेठ २०८२, १६ : ०५
शुक्रबार, ३० जेठ २०८२

काठमाडौँ । गायिका रचना रिमाल केही दिनदेखि ह्याम्स अस्पतालमा उपचारत छिन् । कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो ।

उनको अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । सङ्क्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको छ । चिकित्सकले उनको उपचार गरिरहेका छन् ।

उनको अवस्थामा बिस्तरै सुधार भइरहेको गायक तथा संगीतकार श्रीधर अधिकारीले जानकारी दिएका छन् । ‘म उनलाई भेट्ट दैनिक पुग्छु । बिस्तारै स्वास्थ्य अवस्थामा सुधार आएको छ’, अधिकारीले भने ‘भोली अझै राम्रो देखियो डिसचर्ज हुन सक्छिन् ।’

रुकुम पश्चिमबाट सुरुमा उनलाई सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज ल्याइएको थियो । त्यसपछि काठमाडौँमा ल्याएर उपचार थालिएको हो ।

रिमाल रुकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन् । अचानक पेट दुखेपछि उनलाई नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप