राजविराज नगरपालिकामा भएको भ्रष्टाचार छानबिन गर्न माग
काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकामा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसका ६ नेताले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार संविधानसभा सदस्यसमेत रहेका कांग्रेस नेता रञ्जित कर्ण, कांग्रेस सप्तरी उपसभापति रामकुमार यादव, कांग्रेस राजविराज नगर सभापति आनन्तकुमार झा, कांग्रेसका सप्तरी प्रवक्ता नन्दु यादव, सब्बिर आलम र पूर्णप्रसाद देवले हस्ताक्षर गरि नगरपालिकामा भइरहेको भ्रष्टाचारको छानबिन गर्न माग गरेका हुन् ज्ञापनपत्रको बोधार्थ गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र राजविराज नगरपालिकालाई पनि बोधार्थ दिइएको छ ।
ज्ञापनपत्रमा नगरपालिकाले यस आर्थिक वर्षमा १० प्रतिशत मात्र बजेट खर्च गरेको उल्लेख गरिएको छ । त्यस्तै नगरपालिकामा भएको भ्रष्टाचार र बजेट अनियमितताको विषयमा छानबिन समिति गठन गर्नुपर्ने, दोषी पदाधिकारीहरूलाई कानुनी कारबाही गर्नुपर्ने, अधुरा रहेका पूर्वाधार आयोजनाहरू सम्पन्न गर्नुपर्ने, प्रहरी प्रशासनको उपस्थितिमा भएको तोडफोड घटनाको छानबिन गर्नुपर्ने लगायतका माग राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण