शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

राजविराज नगरपालिकामा भएको भ्रष्टाचार छानबिन गर्न माग

शुक्रबार, ३० जेठ २०८२, १६ : ०८
शुक्रबार, ३० जेठ २०८२

काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकामा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसका ६ नेताले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । 

शुक्रबार संविधानसभा सदस्यसमेत रहेका कांग्रेस नेता रञ्जित कर्ण, कांग्रेस सप्तरी उपसभापति रामकुमार यादव, कांग्रेस राजविराज नगर सभापति आनन्तकुमार झा, कांग्रेसका सप्तरी प्रवक्ता नन्दु यादव, सब्बिर आलम र पूर्णप्रसाद देवले हस्ताक्षर गरि नगरपालिकामा भइरहेको भ्रष्टाचारको छानबिन गर्न माग गरेका हुन् ज्ञापनपत्रको बोधार्थ गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र राजविराज नगरपालिकालाई पनि बोधार्थ दिइएको छ । 

ज्ञापनपत्रमा नगरपालिकाले यस आर्थिक वर्षमा १० प्रतिशत मात्र बजेट खर्च गरेको उल्लेख गरिएको छ । त्यस्तै  नगरपालिकामा भएको भ्रष्टाचार र बजेट अनियमितताको विषयमा छानबिन समिति गठन गर्नुपर्ने, दोषी पदाधिकारीहरूलाई कानुनी कारबाही गर्नुपर्ने, अधुरा रहेका पूर्वाधार आयोजनाहरू सम्पन्न गर्नुपर्ने, प्रहरी प्रशासनको उपस्थितिमा भएको तोडफोड घटनाको छानबिन गर्नुपर्ने लगायतका माग राखिएको छ ।

494821685_1075564987806603_4258737202405470524_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप