याे वर्ष एसइई नतिजामा सुधार आउँछ : प्रधानमन्त्री

समाचार सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई नतिजामा सुधार आउने बताएका छन्, गत वर्षको नतिजा नाजुक रहेको उनको भनाइ छ।
- प्रधानमन्त्रीले समग्र शिक्षा क्षेत्रको विकासका लागि सरकार सचेत रहेको र दीक्षित विद्यार्थीलाई ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे।
- काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा १,१२९ जना विद्यार्थी दीक्षित भए, जसमा ५५४ महिला र ५७५ पुरुष थिए।
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको एसइई नतिजामा सुधार आउने बताएका छन् । शुक्रबार काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्षको नतिजामा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु नाजुक अवस्था भएको भन्दै यस वर्ष नतिजामा सुधार आउने बताएका हुन् । यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने सरकारले अनुमान गरेको उनले बताए ।
प्रधानमन्त्री ओलीले एसइईमा सुधारसँगै समग्र शिक्षा क्षेत्रको विकासको लागि सरकार सचेत रहेको धारणा राखे । त्यस्तै उनले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरे ।
नेपाल कहिल्यै कुनै मुलुकको अधीनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उनले नेपाल सानो राष्ट्र भए पनि स्वाधीनताका साथ बसेको स्पष्ट पारे । दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न ६ वटा स्कुलबाट १,१२९ जना विद्यार्थी दीक्षित भएको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्लेले बताए । उनका अनुसार, दीक्षित हुने विद्यार्थीमध्ये महिला विद्यार्थी ५५४ जना र पुरुष ५७५ जना रहेका छन् ।
समारोहमा उत्कृष्ट नजिता हासिल गर्ने ७ जना विद्यार्थीहरूलाई ओलीले प्रधानमन्त्री स्वर्ण पदक प्रदान गरेका थिए । हालसम्म ४७ हजार ८३१ जना विद्यार्थी दीक्षित भइसकेको विश्वविद्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभावकारी बन्दै काठमाडौँ महानगरको ‘एक वडा, एक नमूना’ कार्यक्रम
-
असार १५ सम्म विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढेको छ: मन्त्री पन्त
-
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
-
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
-
जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु
-
फेसबुके क्रान्तिले देश परिवर्तन हुँदैन : शिव परियार