याे वर्ष एसइई नतिजामा सुधार आउँछ : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई नतिजामा सुधार आउने बताएका छन्, गत वर्षको नतिजा नाजुक रहेको उनको भनाइ छ।
- प्रधानमन्त्रीले समग्र शिक्षा क्षेत्रको विकासका लागि सरकार सचेत रहेको र दीक्षित विद्यार्थीलाई ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे।
- काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा १,१२९ जना विद्यार्थी दीक्षित भए, जसमा ५५४ महिला र ५७५ पुरुष थिए।
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको एसइई नतिजामा सुधार आउने बताएका छन् । शुक्रबार काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्षको नतिजामा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु नाजुक अवस्था भएको भन्दै यस वर्ष नतिजामा सुधार आउने बताएका हुन् । यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने सरकारले अनुमान गरेको उनले बताए ।
प्रधानमन्त्री ओलीले एसइईमा सुधारसँगै समग्र शिक्षा क्षेत्रको विकासको लागि सरकार सचेत रहेको धारणा राखे । त्यस्तै उनले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरे ।
नेपाल कहिल्यै कुनै मुलुकको अधीनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उनले नेपाल सानो राष्ट्र भए पनि स्वाधीनताका साथ बसेको स्पष्ट पारे । दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न ६ वटा स्कुलबाट १,१२९ जना विद्यार्थी दीक्षित भएको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्लेले बताए । उनका अनुसार, दीक्षित हुने विद्यार्थीमध्ये महिला विद्यार्थी ५५४ जना र पुरुष ५७५ जना रहेका छन् ।
समारोहमा उत्कृष्ट नजिता हासिल गर्ने ७ जना विद्यार्थीहरूलाई ओलीले प्रधानमन्त्री स्वर्ण पदक प्रदान गरेका थिए । हालसम्म ४७ हजार ८३१ जना विद्यार्थी दीक्षित भइसकेको विश्वविद्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण