संसद्मा गृहमन्त्रीको प्रश्न : अख्तियारमा दुई जना डीआईजी राख्न मिल्छ ?
शुक्रबार, ३० जेठ २०८२, १७ : ४०
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अख्तियारमा दुई जना डीआईजी हुने अवस्था आएसँगै एक जनालाई सरुवा गरिएको जवाफ दिएका छन् ।
भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै लेखकले भने, ‘त्यहाँ कार्यरत एसएसपी डीआईजीमा बढुवा भएपछि एक जनालाई त्यहाँबाट सरुवा गरेको हुँ ।’ उनले प्रश्न गरे, ‘के तपाईँहरू मेरो ठाउँमा भएको भए दुई जना डिआईजी राख्नुहुन्थ्यो ?’
अख्तियारमा कार्यरत एसएसपी ओम राना बढुवा भएपछि त्यहाँबाट एक जनालाई सरुवा गरिएको उनले बताए ।
अख्तियारमा यसअघि कार्यरत हिमालय श्रेष्ठलाई राखेर ओम रानालाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको छ । हिमालय श्रेष्ठलाई सरुवा गर्दा विवाद भएपछि लेखकले उनलाई थमौती गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण