बाराबाट ३९ लाख भन्दा बढीको सामान बरामद
शनिबार, ३१ जेठ २०८२, १२ : १३

समाचार सारांश
- बाराको विश्रामपुर गाउँपालिका-३ को डम्पिङ साइटबाट सशस्त्र प्रहरीले करिब ३९ लाखको चोरी पैठारीको सामान बरामद गरेको छ।
- सशस्त्र प्रहरीले भारतबाट साइकलमा ल्याउँदै गरेको एयरपड प्रो र मोबाइलको टेम्पर ग्लास बरामद गरेको हो।
- सामान ल्याउने व्यक्ति फरार रहेका छन् र बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइनेछ।
बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ साइटबाट सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरेको छ ।
आज बिहान भारतबाट अवैध रूपले साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको एयरपड प्रो र मोबाइलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं। १२ गण बाराले बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति भने फरार रहेका छन् ।
बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित