आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
अपडेट

सिंहदरबारमा सभामुख र प्रमुख सचेतकहरूबिच छलफल

आइतबार, ०१ असार २०८२, ०९ : ५२
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • सभामुख देवराज घिमिरे र दलका मुख्य सचेतकहरूबीच प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि छलफल सुरु भयो।
  • छलफलमा संसदको अवरोध हटाउने र आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका लागि कार्यतालिका बनाउने विषयमा केन्द्रित थियो।
  • रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।

काठमाडौँ ।  प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप सभामुख देवराज घिमिरे र  प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूबिच छलफल सुरु भएको छ । 

सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा दलका प्रमुख सचेतक र सभामुखबिच छलफल भएको हो ।

बैठकमा मुख्यतया संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका (क्यालेन्डर) बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।  

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने मागसहित रास्वपा र राप्रपाले प्रतिनिधिसभा अवरोध गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप