कामना सेवा विकास बैंकद्वारा दृष्टीविहीनलाई वित्तीय साक्षरतामूलक कार्यक्रम
सारांश
- कामना सेवा विकास बैंकले दृष्टीविहीन व्यक्तिहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गर्यो, जसमा बचत, लगानी र डिजिटल कारोबारबारे जानकारी दिइयो।
- कार्यक्रममा सहभागीहरूले वित्तीय साक्षरताको अभावमा बैंक कारोबार गर्न नसकेको अनुभव सुनाउँदै अब बैंक सेवा उपयोग गर्न सहज भएको बताए।
- बैंकले दृष्टीविहीनहरूका लागि 'स्वाभिमान बचत खाता' सञ्चालनमा ल्याएको छ, जसमार्फत मोबाइल बैंकिङ र एटिएम कार्ड लगायतका सुविधाहरू उपलब्ध हुनेछन्।
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा दृष्टीविहीन व्यक्तिहरुलाई लक्षित गरी विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्ने ४० जना भन्दा बढी दृष्टीविहीनहरुको सहभागिता रहेको कार्यक्रममा बैंकका ब्राण्डिङ तथा सीएसआर विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, व्यक्तिगत तथा पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, भविष्यका लगानीका अवसर, डिजिटल कारोबार र डिजिटल ठगीजस्ता विषयमा जानकारी दिएका थिए।
कार्यक्रममा दृष्टीविहीन सहभागी कृष्ण खत्री अविरलले समयमै वित्तीय साक्षरता नपाउँदा बैंक कारोबार गर्न नसकेको अनुभव सुनाउँदै अब बैंकिङ प्रणालीको उपयोग गर्न सहज भएको धारणा व्यक्त गरे। "पहिले साथीलाई पैसा राख्न दिन्थेँ, तर त्यसको सुरक्षामा विश्वस्त हुन सक्दिनथेँ। अब खाता खोलेर सबै कारोबार आफैँ गर्छु," उनले भने ।
यस्तै, सहभागी बिक्रम पथरियाले कार्यक्रममा सिकेका कुराले आफूमा भविष्यप्रतिको विश्वास बढेको बताउँदै, "सानो बचतले पनि ठूला सपना पुरा गर्न सकिने आशा पलाएको छ," भने ।
सर्वोदय परियोजनाका सौगात वाग्लेले कामना सेवा विकास बैंकले दृष्टीविहीनहरुलाई पनि मोबाइल बैंकिङ, एटिएम कार्डजस्ता सेवा प्रदान गरेकोप्रति आभार प्रकट गरे । आफू पनि दृष्टीविहीन भए पनि अन्य सेवाग्राहीसरह डिजिटल बैंकिङ सेवा उपभोग गरिरहेको अनुभव उनले सुनाए ।
बैंकले दृष्टीविहीन लक्षित ‘स्वाभिमान बचत खाता’ संचालनमा ल्याएको छ। यस खातामार्फत दृष्टीविहीनहरुले मोबाइल बैंकिङ, एटिएम कार्ड लगायत सुविधा पाउन सक्नेछन्। खाता खोल्दा दृष्टीविहीन भएकै कारण अतिरिक्त कागजात वा साक्षी आवश्यक नपर्ने र खाता संचालनका शर्त ब्रेल लिपीमा समेत उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण