बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जसपाकाे सङ्घीय परिषद् बैठक असार ६ र ७ गते बस्ने

आइतबार, ०१ असार २०८२, १६ : ५४
आइतबार, ०१ असार २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद् बैठक बस्ने भएको छ । असार ६ र ७ गते ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा बैठक बस्न लागेको जसपाका नेता दुर्गा सुवेदीले बताए । 

पार्टी पुनर्गठनपछिको यो पहिलो सङ्घीय परिषद् बैठक हो । सङ्घीय परिषद् पार्टीको नीति निर्माण गर्ने मुख्य अङ्ग भएकाले यस बैठकलाई विशेष महत्त्वका साथ हेरिएको उनले बताए । 

बैठकमा सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विचारसम्बन्धी प्रस्ताव पेस गर्नेछन् भने उपाध्यक्ष रणध्वज लिम्बूले पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ । 

बैठकमा देशभरका विभिन्न प्रदेश, जिल्ला र क्षेत्रीय तहबाट निर्वाचित गरी पठाइएका ४१३ जना प्रतिनिधिको सहभागिता रहने पार्टीका केन्द्रीय सदस्य अर्जुन लम्सालले जानकारी दिए । 

बैठकले पार्टीको भावी दिशा, राजनीतिक एजेन्डा र साङ्गठनिक पुनर्ताजगीका विषयमा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप