गर्मी बढेपछि बर्दिबासका विद्यालय तीन दिन बन्द
सारांश
- महोत्तरीको बर्दिबास नगरपालिकाले गर्मी बढेपछि विद्यालय बन्द गरेको छ।
- नगरपालिकाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै तीन दिनका लागि पठनपाठन बन्द गरेको हो।
- अत्यधिक गर्मीका कारण साना बालबालिकाहरू प्रभावित भएपछि यो निर्णय लिइएको हो।
जलेश्वर। विगत केही दिनदेखि एक्कासि गर्मी बढेपछि महोत्तरीको बर्दिबास नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यालय तीन दिनका लागि बन्द गरेको छ । बर्दिबास नगरपालिकाले एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी नगरक्षेत्र भित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि पठनपाठन बन्द गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं उपसचिव रेवतीप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मी तथा तातो हावाका कारण मौसम प्रतिकूल भएको हुँदा विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शैक्षिक सत्र २०८२ को बर्षे बिदाबाट कट्टा हुने गरी असार १ गतेदेखि ३ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गर्न गराउन सूचना जारी गरिएको उल्लेख गरिएको हो ।
महोत्तरीमा करिब दुई सातादेखि तापक्रम ४० डिग्रीदेखि ४२ डिग्रीसम्म बढेपछि स–साना बालबालिकाहरु बढी प्रभावित हुन थालेपछि बर्दिबास नगरपालिकाले तीन दिनसम्म सम्पूर्ण विद्यालयको पठन पाठन बन्द गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण