वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
सारांश
- वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ११ महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व संकलन गरेको छ।
- कार्यालयले वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन गरेको छ, जसमा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात मुख्य रहेको छ।
- जेठ महिनामा सबैभन्दा धेरै १८ अर्ब १८ करोड राजस्व संकलन भएको छ, जसले आगामी आर्थिक वर्षको बजेटमा उत्साह जगाएको छ।
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको जानकारी दिए । ‘‘विगत एघार महिनाको तथ्याङ्क केलाउँदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ,’’ उनले भने,‘‘राजस्व सङ्कलनमा सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ ।’’
कार्यालयले साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिकमा रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो ।
यस्तै फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेको छ भने चैतमा भने रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको छ । वैशाखमा भने रु १५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ । जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको छ । चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको हो ।
भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईजीपीको जन्मथलोमा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर
-
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : प्रधानमन्त्री शाह
-
पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
-
जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिन्छ : गगन थापा
-
पाकिस्तानी मध्यस्थकर्ताहरूसँगको भेटमा नेतन्याहुसम्बन्धी प्रश्नमा भान्स मौन
-
सरकारबारे प्रश्न उठाउनेलाई बालेनको जवाफ : हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण