नक्कली प्रमाणपत्रधारी सव–इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको आरोपमा सप्तरीका एक सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तिलाठी कोईलाडी गाउँपालिकामा कार्यरत तत्कालीन सव–इन्जिनियर (प्राविधिक सहायक) दिपेन्द्र कुमार झा भनिने दिपेन्द्र कुमारले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ इन्स्टिच्युट, पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र प्रयोग गरी करार नियुक्ति लिएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ ।
अख्तियारका अनुसार झाले सो नक्कली प्रमाणपत्रका आधारमा सव–इन्जिनियरको पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा लिएका थिए। यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर मानी आयोगले कैद र जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण