अदालत
दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश
सोमबार, ०२ असार २०८२, १७ : ४२
सारांश
- उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
- न्यायाधीश ऋषि राजभण्डारीले उक्त आदेश जारी गरेका हुन्।
- अन्तरिम आदेशबारे छलफलका लागि असार ५ गते दुवै पक्षलाई बोलाइएको छ।
काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न तथा नगराउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको इजलासले सोमबार यस्तो आदेश दिएको हो ।
इजलासले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ मा बोलाएको उच्च अदालतका रजिस्टार श्रीलाल पौडेलले रातोपाटीलाई बताए ।
यसअघि पाठकलाई पक्राउ गर्न प्रहरीको साइबर ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । यसविरुद्ध पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण