अदालत
दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश
सोमबार, ०२ असार २०८२, १७ : ४२

समाचार सारांश
- उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
- न्यायाधीश ऋषि राजभण्डारीले उक्त आदेश जारी गरेका हुन्।
- अन्तरिम आदेशबारे छलफलका लागि असार ५ गते दुवै पक्षलाई बोलाइएको छ।
काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न तथा नगराउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको इजलासले सोमबार यस्तो आदेश दिएको हो ।
इजलासले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ मा बोलाएको उच्च अदालतका रजिस्टार श्रीलाल पौडेलले रातोपाटीलाई बताए ।
यसअघि पाठकलाई पक्राउ गर्न प्रहरीको साइबर ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । यसविरुद्ध पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने