किभमाथि रुसले गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु
सारांश
- रुसले किभमा गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ, जसमा एक अमेरिकी नागरिक पनि छन्।
- सोमबार राति भएको आक्रमण तीन वर्षयताकै ठूलो बमबारी थियो, जसमा ४४० ड्रोन र ३२ मिसाइल प्रयोग गरिएका थिए।
- रुसले किभमा ९ घण्टाभन्दा बढी समय आक्रमण गरेको थियो भने उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी गरिरहेका छन्।
किभ । युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणमा परेर कम्तीमा पनि १५ जना मारिएका छन् । आक्रमणमा परेर अरू दर्जनौँ मानिसहरूको मृत्यु भएको अधिकारीहरूले भनेका छन् ।
सोमबार राति भएको यो आक्रमण तीन वर्ष अघि रुसले पूर्ण: स्तरको आक्रमण सुरु गरेयता किभमाथि गरिएको सबैभन्दा ठुलो बमबारी भएको बताइएको छ । उक्त राति ४४० वटा ड्रोन र ३२ वटा मिसाइल प्रहार भएको युक्रेनको आन्तरिक मन्त्री इहोर क्लेमेन्कोले भने ।
सोही रात रुसको हवाई रक्षा इकाईले पनि १४७ वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसको रक्षा मन्त्रालयले भनेको छ । रुसले किभमाथि ९ घण्टाभन्दा बढी समय आक्रमण गरेको थियो ।
एउटा मिसाइल नौतले भवनमा लागेको बताइएको छ । मर्नेमा ६२ वर्षीय अमेरिकी नागरिक समेत रहेको किभका मेयर भिताली क्लित्श्कोले भने । भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धारका लागि उद्धार समूह अझै खटिरहेको क्लेमेन्कोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण