किभमाथि रुसले गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

समाचार सारांश
- रुसले किभमा गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ, जसमा एक अमेरिकी नागरिक पनि छन्।
- सोमबार राति भएको आक्रमण तीन वर्षयताकै ठूलो बमबारी थियो, जसमा ४४० ड्रोन र ३२ मिसाइल प्रयोग गरिएका थिए।
- रुसले किभमा ९ घण्टाभन्दा बढी समय आक्रमण गरेको थियो भने उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी गरिरहेका छन्।
किभ । युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणमा परेर कम्तीमा पनि १५ जना मारिएका छन् । आक्रमणमा परेर अरू दर्जनौँ मानिसहरूको मृत्यु भएको अधिकारीहरूले भनेका छन् ।
सोमबार राति भएको यो आक्रमण तीन वर्ष अघि रुसले पूर्ण: स्तरको आक्रमण सुरु गरेयता किभमाथि गरिएको सबैभन्दा ठुलो बमबारी भएको बताइएको छ । उक्त राति ४४० वटा ड्रोन र ३२ वटा मिसाइल प्रहार भएको युक्रेनको आन्तरिक मन्त्री इहोर क्लेमेन्कोले भने ।
सोही रात रुसको हवाई रक्षा इकाईले पनि १४७ वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसको रक्षा मन्त्रालयले भनेको छ । रुसले किभमाथि ९ घण्टाभन्दा बढी समय आक्रमण गरेको थियो ।
एउटा मिसाइल नौतले भवनमा लागेको बताइएको छ । मर्नेमा ६२ वर्षीय अमेरिकी नागरिक समेत रहेको किभका मेयर भिताली क्लित्श्कोले भने । भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धारका लागि उद्धार समूह अझै खटिरहेको क्लेमेन्कोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार