प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले सञ्चारकर्मी दिलभूषण पाठकविरूद्ध जारी भएको पक्राउ पुर्जीबारेको सूचना मंगलबार सार्वजनिक गरेको छ ।
पाठकविरूद्ध जेठ २७ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति आएको भन्दै साइबर ब्यूरोले सार्वजनिक सूचना नै जारी गरेको हो ।
ब्यूरोले जारी गरेको सूचनामा जाहेरवालाको नाम गोप्य राखेर पाठकलाई यथाशीघ्र ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको छ ।
सार्वजनिक गोपनीयता राख्नुपर्ने दायित्व भएको राज्यको निकायले अदालतबाट जारी भएको पक्राउ पुर्जीको सूचना दिनु ‘आचरण विपरीत’को काम भएको कानुनका जानकारहरू बताउँछन् ।
अधिवक्ता प्रियहरी भण्डारीले अदालतको आदेशको पालना गर्नुपर्ने प्रहरीले त्यसरी सार्वजनिक रूपमा सूचना प्रकाशन गरेर आचरण विपरीतको काम गरेको बताए । उनले भने, ‘यस्ता क्रियाकलापले अपराध नियन्त्रणमा राज्यको भूमिका कमजोर हुँदै गएको विश्लेषण गर्न सकिन्छ ।’
सोमबार उच्च अदालत पाटनले पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । न्यायाधिश ऋषि राजभण्डारीको इजलासले अन्तरिम आदेशबारे छलफल गर्न सरकार र निवेदक पक्षलाई असार ५ गते बोलाएको छ ।
पत्रकार पाठकले कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै आफ्नो युट्युब च्यानल टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण