कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन
सारांश
- कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ।
- कार्यालयले भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र अन्य शीर्षकबाट राजस्व सङ्कलन गरेको छ।
- राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६९.९९ प्रतिशत रहेको र पेट्रोलियम पदार्थको आयातमा कमी आउँदा लक्ष्य पूरा हुन सकेन।
अत्तरिया । कैलाली भन्सार कार्यालयले ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो ।
कार्यालयले भन्सार महसुलतर्फ रु दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकरतर्फ रु दुई अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्कतर्फ रु १९ करोड ५१ लाख र अन्यतर्फ रु एक अर्ब ८० करोड ३९ लाख सङ्कलन गरेको छ ।
चालु आवमा भन्सार कार्यालयको रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६९ दशमलव ९९ प्रतिशत छ । चालु आवको साउनमा रु ५७ करोड ५० लाख, भदौमा रु ५३ करोड ८४ लाख, असोजमा रु ६७ करोड २४ लाख, कात्तिकमा रु ६२ करोड ७८ लाख, मङ्सिरमा रु ८१ करोड १३ लाख र पुसमा रु ६५ करोड ८७ लाख राजस्व सङ्कलन भएको छ ।
त्यसैगरी माघमा रु ७३ करोड दुई लाख, फागुनमा रु ७२ करोड ७६ लाख, चैतमा रु ७८ करोड ८० लाख, वैशाखमा रु ८१ करोड ८० लाख र जेठमा ८७ करोड १३ लाख राजस्व सङ्कलन भएको छ ।
बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयातमा कमी हुनु तथा यस्तै विविध कारणले राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको सूचना अधिकारी अर्यालले बताए ।
गत आवमा रु ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु सात अर्ब ९१ करोड ८० लाखमात्र सङ्कलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण