समाचार हटाउने आदेशविरुद्ध आज दर्जनभन्दा बढी वकिलले बहस गर्दै
सारांश
- काठमाडौं जिल्ला अदालतले नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार हटाउन दिएको आदेश विरुद्ध अधिवक्ताहरूले बहस गर्दैछन्।
- नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले समाचार हटाउन आदेश दिएको थियो।
- अधिवक्ताहरूले जलविद्युत् कम्पनीको आईपीओ स्वीकृतिका लागि श्रेष्ठले कमिसन मागेको समाचार लेख्ने अधिकारको प्रतिरक्षा गर्दैछन्।
काठमाडौँ । नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार मेट्न जिल्ला अदालत काठमाडौँले गरेको आदेशविरुद्ध आज दर्जनभन्दा बढी अधिवक्ताहरूले बहस गर्दैछन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामबिहारी मौर्यको इजलासमा सुनुवाइ हुन लागेको हो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै गत जेठ २७ गते न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले दुई अनलाइनमा प्रकाशित समाचार मेट्न आदेश दिएको थियो ।
सोही दिन अन्तरिम आदेशका लागि असार ४ गते पेसी तोकी दुवै पक्षलाई बोलाइएको थियो । अनलाइनहरूले जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि श्रेष्ठले प्रतिशत नै तोकेर कमिसन मागेको समाचार प्रकाशित गरेका थिए । अदालतले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेकोमा अनलाइनहरूले समाचार लेख्ने अधिकारको प्रतिरक्षा गर्दै जवाफ पेस गरिसकेका छन् ।
आज नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र र महासचिव केदार सिटौला, कानुन व्यवसायीहरू शम्भु थापा, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, हर्कबहादुर रावल, ओमप्रकाश अर्याल, विकास भट्टराई, कपिलदेव ढकाल, चन्द्रप्रसाद भुसाल, राधिका खतिवडा, अम्बिका वस्ती, पुन्देवी महर्जनलगायतले बहस गर्न लागेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण