विशेषले सफाइ दिएका दुई मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
बुधबार, ०४ असार २०८२, १७ : ०१
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका दुई भ्रष्टाचार मुद्दामा पुनरावेदन गरेको छ।
- महेन्द्रनगर विकास समितिका तत्कालीन अध्यक्षहरू कान्तुराम पनेरु र पल्टु राणाविरुद्धको मुद्दामा सफाइ दिइएको थियो।
- अख्तियारले राणाविरुद्ध १ करोड ९३ लाख ११ हजार र पनेरुविरुद्ध २९ लाख ७४ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
काठमाडौँ । विशेष अदालतले सफाइ दिएका दुई भ्रष्टाचार मुद्दा पुनरावलोकनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले महेन्द्रनगर विकास समितिका तत्कालीन अध्यक्षहरू कान्तुराम पनेरु र पल्टु राणाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।
राणाविरुद्ध १ करोड ९३ लाख ११ हजार र पनेरुविरुद्ध २९ लाख ७४ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएकोमा विशेषले २०८१ वैशाख २४ गते सफाइ दिएको थियो ।
उक्त फैसला चित्त नबुझी अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय दफा र दफा ८ को उपदफा (१) बमोजिम बिगो असुल उपर गर्न माग दाबी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण