विशेषले सफाइ दिएका दुई मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
बुधबार, ०४ असार २०८२, १७ : ०१

समाचार सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका दुई भ्रष्टाचार मुद्दामा पुनरावेदन गरेको छ।
- महेन्द्रनगर विकास समितिका तत्कालीन अध्यक्षहरू कान्तुराम पनेरु र पल्टु राणाविरुद्धको मुद्दामा सफाइ दिइएको थियो।
- अख्तियारले राणाविरुद्ध १ करोड ९३ लाख ११ हजार र पनेरुविरुद्ध २९ लाख ७४ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
काठमाडौँ । विशेष अदालतले सफाइ दिएका दुई भ्रष्टाचार मुद्दा पुनरावलोकनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले महेन्द्रनगर विकास समितिका तत्कालीन अध्यक्षहरू कान्तुराम पनेरु र पल्टु राणाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।
राणाविरुद्ध १ करोड ९३ लाख ११ हजार र पनेरुविरुद्ध २९ लाख ७४ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएकोमा विशेषले २०८१ वैशाख २४ गते सफाइ दिएको थियो ।
उक्त फैसला चित्त नबुझी अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय दफा र दफा ८ को उपदफा (१) बमोजिम बिगो असुल उपर गर्न माग दाबी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?