समयका पहिराहरू
कति सुन्दर होला प्रकृतिको उमेर ?
कोमल सपना, निष्कलङ्क हाँच्छ हिमाल
अनि काखमा साहारा खोज्ने हातहरू—
लालीगुराँसका फूलहरू जस्तै
पछिपछि झरिरहने, कहिल्यै नअडिने
अन्त्यहीन मनका इच्छाका टुक्राहरू ।
वसन्त आयो
हिमाल मिठो स्वरमा हाँस्यो
हिमनदीलाई भन्यो—
हिरोइन बन्छेस् त ?
धर्तीको श्वास होस् तँ
बग्दै गरेकी नदी अलमलिएर सोची
म साँचै हिरोइन हुने भएँ... ?
सपनाभित्र पहिरो लुकेको रहेछ
ग्रीष्मले हिउँ पगाल्यो
हिमालमा पहिरो झर्यो
पहिलोचोटि वर्षाको काखमै
त्यही काखमा ऊ निदाउन थालेकी थिई
थकान र बोझ बिर्सेर
बाढी आयो र च्याप्यो उसलाई
सासै थिच्ने गरी – बगायो ।
भोलिपल्ट ऊ फेरि वन गई—
तर आज वन शान्त थिएन
गीत थिएन, हाँसो थिएन
थियो त केवल चुपचाप टोलाउने प्रकृतिको आँखा
र फेरि झर्यो अर्को शरदको पहिरो—
सधैँजस्तै
समय बित्दै गयो
पहिरो दोहोरिँदै गयो
हेमन्तमा नयाँ लुगा, मिठा खानेकुरा, चकलेट,
विश्वासका टुक्राहरू
तर चकनाचुर मानिसका सपनाहरू ।
तापमान बढ्यो
हिमाल कालै भयो
र भन्यो—
फेरि पहिरोले कहिले कसैको अनुमति माग्छ र ?
एक दिन, काठमाडौँ झर्यो पहिरो
हनुमन्ते खोला आयो
बागमतीले चिटिक्क परेको घर लग्यो
रुवाउँदै विष्णुमतीले रातभर फुटबल खेल्यो
झ्यालढोका बन्द गराएर
सहरभित्र पस्ने अदृश्य पहिरो
कोठाभित्र लुटियो समय—
रातभरि पहिरो खेलिरह्यो
सबेरै सूर्य उठ्यो
धेरै मानिस सुतेका थिए घरभित्र–
नसुतेकाको हातमा कपडाको टालो थियो
अनि शब्दहरू
तिमी रोयौ भने त मुटुमा घाउ हुन्छ
...अब रोएर के गर्नु ?
उनीहरू बोल्न सकेनन्
भित्रभित्रै फुटिरह्यो आँसु
भन्दै गयो धर्तीले
पृथ्वी विशाल छ
घाम पनि लाग्छ
पानी पनि आउँछ
पहिरो पनि आउँछ,
मानिस त धर्ती हो... प्रयोग गरिन्छ ।
त्यस दिन
नदीले बुझी—
उसको मुक्ति कहिल्यै थिएन
किनकि ती पहिराहरू
हिमनदी बन्दा सपना जस्तै देखिन्थे
हिमालबाट बग्दा
साना थिए
बिउँझिदा भयानक हुन्थे
र त
समय एक पहिरो हो
माटोजस्तै थिचिँदै
ढुङ्गाजस्तै पिसिँदै
अन्त्यहीन दुःखमुनि
बाँचिरहेकी एक अबोध चुरो समय ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण