राजनीति
प्रमुख तीन दलको बैठक स्थगित
बिहीबार, ०५ असार २०८२, १५ : ३०
काठमाडौँ । बिहीबर बस्ने भनिएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ । आपसी सल्लाहमै बैठक स्थगित भएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
‘आपसी सल्लाहमै बैठक स्थगित भायो । प्रधानमन्त्रीको कार्यायलयबाट भोलि बसौंला भनेर खबर आएको छ । अब तत्काल बस्ने नबस्ने ठेगान छैन’, उनले भने ।
प्रधानमन्त्री केपी ओलीले संसदको अवरोध, निजामती विधेयक लगायत विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बुधबार बोलाएका थिए ।
तर,प्रचण्ड चितवनमै भएका कारण कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष नेताहरूको मात्रै बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण