आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

समाचार सारांश
- वीरगञ्ज आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
- कार्यालयले अन्तःशुल्क, आयकर र घरबहाल करमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ, तर मूल्य अभिवृद्धि करमा लक्ष्य पूरा गर्न सकेन।
- कार्यालयले जेठ मसान्तसम्ममा ८ अर्ब ५२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ, जुन लक्ष्यको ११३.३६ प्रतिशत हो।
पर्सा । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको जेठ मसान्तसम्मको अवधिमा रु सात अर्ब ५१ करोड ६४ लाख ६५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा कार्यालयले सो अवधिमा रु आठ अर्ब ५२ करोड नौ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंले चालु आवको ११ महिनामा लक्ष्यको ११३ दशमलव ३६ प्रतिशत राजस्व सङ्कलन गरेको बताए।
कार्यालयले चालु आवको ११ महिनामा अन्तःशुल्क करतर्फ रु दुई अर्ब ८४ करोड ६५ लाख ५३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा लक्ष्यको एक सय ४२ दशमलव २८ प्रतिशत अर्थात् रु चार अर्ब पाँच करोड ३८ हजार राजस्व राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै कार्यालयले चालु आवको ११ महिनामा आयकरतर्फ रु दुई अर्ब ३२ करोड ४८ लाख ४८ हजार लक्ष्य रहेकामा सो अवधिमा रु दुई अर्ब ५५ करोड ५९ लाख ९४ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको १०९ दशमलव ९४ प्रतिशत हुन आउँछ । कार्यालयले सो अवधिमा घरबहाल करतर्फ भने रु २५ करोड १० लाख आठ हजार राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब २२ करोड ८३ लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा रु एक अर्ब ८३ करोड ७५ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । विभागले कार्यालयलाई वर्षभरिमा रु आठ अर्ब ७१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
-
कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?
-
नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल
-
माओवादीको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
बेँसीसहर–चामे सडक अवरुद्ध