प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
शुक्रबार, ०६ असार २०८२, ०७ : ०७
सारांश
- नेपाल प्रहरीले प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ, जसले गर्दा अब कुल १,८४२ जनाले अवसर पाउनेछन्।
- मानवस्रोत विकास विभागले बिहीबार सूचना जारी गर्दै पद थपको जानकारी दिएको हो, जसमा खुला र समावेशी समूहका लागि पदहरू समावेश छन्।
- सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि यो पद संख्या थप गरिएको हो, जसले भर्ना प्रक्रियालाई प्रभाव पार्नेछ।
काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ। यसअघि माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १ हजार ८४२ जनाले प्रहरी जवान बन्ने अवसर पाउने भएका छन्।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै पद थप गरिएको जानकारी दिएको हो।
नयाँ थपिएकोसहित अब खुलातर्फ ९९३ जनाको माग गरिएको छ। यस्तै, समावेशी समूहतर्फ आदिवासी, जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० तथा अमर अशक्त प्रहरी परिवारका लागि ३७ पदमा भर्ना गरिनेछ।
यो पद संख्या थप सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गरिएको सूचनामा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण