आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
शुक्रबार, ०६ असार २०८२, १८ : ०६

काठमाडौँ । दार्चुला जिल्ला अदालतका न्यायाधीश पुष्पराज पाण्डे सर्वोच्च अदालत तानिएका छन् । आचरण विपरीत काम गरेको भन्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पाण्डेलाई काजमा सर्वोच्च तानेका हुन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश राउतले बिहीबार नै पाण्डेलाई सर्वोच्च तान्ने निर्णय गरेका हुन् ।‘आचरण विपरीत काम गरेको तथा अदालतका कर्मचारीहरूसँगै पनि समस्या देखिएपछि उहाँलाई प्रधानन्यायाधीशले जिम्मेवारी खोसी काजमा तान्नुभएको हो,’ स्रोतले बतायो ।
यता न्याय परिषद्ले बिहीबार मात्रै नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जन काजमा सर्वोच्च तानेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर