चोर खोज्दै आएको भारतीय प्रहरीको टोली नागार्जुनबाट पक्राउ
सारांश
- भारतमा चोरी गरेर आएका आरोपीलाई खोज्दै आएको भारतीय प्रहरीको टोली काठमाडौँमा पक्राउ परेको छ ।
- पक्राउ परेका टोलीमा हैदराबादका डीएसपी पनि थिए, जसलाई भारतीय दूतावासमा बुझाइयो।
- यसअघि फागुनमा पनि बिना अनुमति आएका पञ्जाबका प्रहरीलाई पक्राउ गरिएको थियो।
काठमाडौँ । चोरीमा संलग्न आरोपी खोज्दै काठमाडौँ आइपुगेको भारतीय प्रहरीको टोलीलाई नेपाल प्रहरीले काठमाडौँको नागार्जुन नगरपालिकाबाट पक्राउ गरेको छ । हैदराबाद प्रहरीका एक जना डीएसपी सहितको टोलीलाई पक्राउ गरेर भारतीय राजदूतावासको जिम्मा लगाइएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
भारतीय प्रहरीलाई पक्राउ गरेकोबारे नेपालका अधिकारीहरूले आधिकारिक पुष्टि गर्न आनाकानी गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) अपिल बोहराले नागार्जुन नरपालिका क्षेत्रबाट भारतमा चोरी गरेर आएको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको बताए । उनले भने, ‘चोरीमा संलग्न प्रमाण नभेटिएपछि उनीहरूलाई हामीले निगरानीमा राखेका छौँ ।’
सो घटना गत शुक्रबारको भएको बताइएको छ । यसअघि २०८१ फागुनमा पनि पन्जाबबाट आएका ७ जना भारतीय प्रहरीलाई सीआईबीको टोलीले ठमेलको अलफ्ट होटलबाट पक्राउ गरेर दूतावासमा बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण