अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना कर्मचारीलाई पक्राउ परेको छ ।
पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा सरुवा भएर प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन् ।
पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूले विभिन्न योजनाहरूको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरूमा अनियमितता गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरिएको छ ।
सोही उजुरीको अनुसन्धानको सिलसिलामा अख्तियारबाट खटिएको टोलीले श्रीवास्तव र नायब सुब्बा साहलाई क्रमशः वीरगन्जस्थित प्रतिमा चोक र प्रगतिनगरबाट शुक्रबार नियन्त्रणमा लिएको हो।
उनीहरुको साथबाट ४ थान मोबाइल समेत बरामद भएको छ । यस्तै अख्तियारले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र सोही नगरपालिका वडा नम्बर २ का सचिव ओम प्रकाश चौरसियाको साथबाट पनि २ थान विद्युतीय उपकरण (मोबाइल) बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण