यी युवती जो १० मिनेट ढिला हुँदा एयर इन्डियाको विमान चढ्न पाइनन्
काठमाडाैँ । लण्डन जान लागेकी एक युवती १० मिनेट ढिला हुँदा एयर इन्डियाको भीषण विमान दुर्घटनाबाट संयोगले ज्यान जोगाउन सफल भएकी छन्।
रिपब्लिक टिभीको रिपोर्ट अनुसार, भूमि चौहान ट्राफिकमा फसेर फ्लाइट छुटेको कारण दुर्घटनाग्रस्त भएको एआई-१७१ विमान चढ्नबाट छुटेकी थिइन्।
‘मेरो शरीर अझै काँपिरहेको छ। मेरो ज्यान जोगियो भन्ने सोच्दा पनि डर लागिरहेको छ,’ चौहानले भनिन्। उनका अनुसार उनी दिउँसो करिब १स्३० बजे सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएकी थिइन्।
एयर इन्डियाको विमान १:३८ बजे उडेको थियो र त्यसपछि केही मिनेटमै विमानस्थल नजिकैको बस्ती क्षेत्रमा दुर्घटना भएको थियो।‘मेरो दिमाग पूरै शून्य भएको छ। म भगवानप्रति आभारी छु। मेरो गणपति बप्पाले मलाई बचाउनुभयो,’ उनले थपिन्।
चौहान एयर इन्डियाको उक्त फ्लाइटमा एक्लै लण्डन फर्किन लागेकी थिइन्। उनी दुई वर्षपछि बिदामा भारत आएकी थिइन् । लण्डनमा उनी आफ्नो पतिको साथ बस्छिन्।
‘त्यो १० मिनेटको कारण म फ्लाइट चढ्न सकिन। म यो सबै कसरी व्यक्त गरूँ, मलाई नै थाहा छैन,’ उनले भावविह्वल हुँदै भनिन्।
यता अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। प्रहरी आयुक्तले भने, ‘केही बाँचेका हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण