ओलीप्रति व्यङ्ग्य गरेपछि विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलायो
काठमाडौँ । कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयले बोलाएको छ ।
गत मङ्गलवारको कार्यक्रमको नयाँ शृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरिएपछि उनलाई प्रधानमन्त्रीको कार्यालयबाट बोलावट आएको हो ।
उक्त शृङ्खलामा राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना सांसदहरू डा तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगीलाई अतिथिको रूपमा निम्त्याएर रमाइला तथा व्यङ्ग्यात्मक कमेडी गरिएको थियो ।
जसमा प्रधानमन्त्रीप्रति पनि व्यङ्ग्य गरिएको थियो । यही विषयलाई लिएर लिएर निर्देशक भण्डारीलाई प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव अरुण लम्सालले बोलाएका हुन् ।
निर्देशक भण्डारीले प्रधानमन्त्री कार्यालयबाट बोलावट आए पनि सामान्य कुराकानी भएको बताए । ‘मैले कार्यक्रमका लागि बोलाएको होला भन्ने ठानेको थिएँ,’ भण्डारीले भने ‘सामान्य भेटघाट र कुराकानी भयो ।’
केही नयाँ कार्यक्रमको आइडियाबारे पनि छलफल भएको उनले बताए । कुराकानीको अन्तिममा भने प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन अनुरोध गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण