कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?
सारांश
- कर्णाली प्रदेशले आर्थिक वर्ष २०८२/८३ का लागि ७९ स्थानीय तहलाई ४ अर्ब ५९ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने।
- वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ, जसमा ४० करोड ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- विभिन्न अनुदान शीर्षकहरूमा रकम बाँडफाँड गरिएको छ, जसमा समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान समावेश छन्।
सुर्खेत । कर्णाली प्रदेशले आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशभित्रका ७९ वटा स्थानीय तहलाई ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत सो बराबरको वित्तीय हस्तान्तरण गर्न लागिएको हो ।
प्रदेशले चार प्रकारका अनुदान शीर्षकमा सो बराबरको रकम बाँडफाँड गरेको हो । यसमध्ये समानीकरण अनुदानतर्फ ९५ करोड रुपैयाँ, सशर्त अनुदानतर्फ २ अर्ब ५१ करोड ७२ लाख ४१ हजार रुपैयाँ, विशेष अनुदानतर्फ ३६ करोड ८० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ७६ करोड ४६ लाख रुपैयाँ रहेका छन् ।
प्रदेशका स्थानीय तहमध्ये राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । सो नगरपालिकालाई ४० करोड ९५ लाख ८९ हजार बजेट विनियोजन भएको छ ।
कुन अनुदानमा को अगाडि ?
प्रदेशले दिने अनुदानमध्ये यसपटक समानीकरण अनुदान वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा धेरै पाएको छ । सो नगरपालिकाले सूत्रमा आधारित र कार्यसम्पादन समेत गरी कुल ३ करोड ३४ लाख ५३ हजार समानीकरण अनुदान पाएको हो । यो अनुदान स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा दिइन्छ ।
तोकिएका आयोजनाका लागि दिइने सशर्त अनुदानमा पनि वीरेन्द्रनगर नगरपालिका नै अगाडि छ । उसले कुल ३७ करोड ६१ लाख ३६ हजार सशर्त अनुदान पाएको देखिन्छ ।
यसमध्ये वीरेन्द्रनगरको खानेपानीका लागि मात्रै २० करोड ७० लाख रुपैयाँ पठाइएको छ । ल्यान्डफिल्ड साइटसम्म पहुँचमार्गका लागि डेढ करोड छुट्याइएको छ । विशेष अनुदानतर्फ सुर्खेतको बराहताल गाउँपालिकाले सबैभन्दा धेरै १ करोड १४ लाख रुपैयाँ प्राप्त गरेको छ। यो रकम विशेष प्रकृतिका कार्यक्रम र पिछडिएका क्षेत्रका लागि दिइने अनुदान हो ।
त्यस्तै, पूर्वाधार विकासमा प्रदेश र स्थानीय तहको लागत साझेदारीमा दिइने समपूरक अनुदानमा जाजरकोटको कुसे गाउँपालिकाले सबैभन्दा धेरै ३ करोड २७ लाख रुपैयाँ पाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण