गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
सारांश
- गैँडाकोट नगरपालिकाले घरेलु मदिरालाई व्यवसायीकरण गर्ने नीति लिएको छ, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो विषय समेटिएको छ।
- नगरपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन, स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास र फोहोर व्यवस्थापनलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ।
- नगर सभाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८ करोड ७२ लाख ४४ हजारको बजेट पारित गरेको छ, जसमा स्वास्थ्य, शिक्षा र पूर्वाधारमा जोड दिइएको छ।
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने भएको छ । पालिकाको आज सम्पन्न नगर सभाको १७औँ अधिवेशनमा नगरप्रमुख मदनभक्त अधिकारीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरेलु मदिरालाई व्यवासायीकरण गर्ने जानकारी दिए।
“स्थानीयस्तरमा उत्पादित घरेलु मदिरालाई गुणस्तरीय बनाइ लेबलिङ गरी व्यावसायीकरण गर्ने नीति अवलम्बन गरिनेछ” उनले भने, “स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्दै समृद्ध नगर निर्माण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको छु ।” गैँडाकोटमा उत्पादन भएका अदुवा, बेसारलाई प्रोत्साहन तथा लेबलिङ र प्याकेजिङमा जोड दिइने अधिकारीले बताए । त्यस्तै कोदो, गिठा, तरुलजस्ता रैथाने खाद्य बालीलाई प्राथमिकता दिँदै उत्पादकत्वमा वृद्धि गरिने अधिकारीको भनाइ छ ।
पहाडी तथा चरण क्षेत्र नजिकका वडालाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गर्ने र नगरपालिकालाई मासुमा आत्मनिर्भर पालिका बनाउने घोषणा गरे । उनले ‘गैँडाकोटको भिजन–मकै सबै सिजन’ भन्ने नाराका साथ यहाँको मकैलाई थप बजारीकरण र व्यवस्थित गरिने नीति लिएको बताए। पालिकाभित्रका ऐतिहासिक ढुङ्गेधारा, पोखरी, कुवा, इनारलगायत पानीको स्रोत संरक्षण र उपयोगका लागि प्राकृतिक मुहान तथा सिमसार क्षेत्रको संरक्षण गरिने नीति लिएको उनको भनाइ छ ।
रित्तिँदै गएको जमिनमुनिको पानी पुनर्भरणका लागि गैँडाकोटको उत्तरतर्फको पहाडका उपयुक्त स्थान पहिचान गरी सङ्घीय सरकार, प्रदेश सरकार तथा अन्य सरोकारवाला संस्था, खानेपानी संस्था र गैँडाकोट नगरपालिकाको संयुक्त प्रयासमा नयाँ सिमसार क्षेत्रलगायत पुनर्भरण पोखरी निर्माणमा जोड दिइने उनको भनाइ छ । नारायणी नदीलाई स्वच्छ र निर्मल पार्न विभिन्न व्यक्ति, सङ्घसंथासँग सहकार्य गरी सरसफाइ कार्यलाई निरन्तरता दिइने अधिकारीको भनाइ छ । नगरको पूर्वाधार विकासको गुणस्तर जाँच गर्न नगरको आफ्नै ल्याबको स्थापना गरी सञ्चालन गरिने नीति लिएको उनले बताए ।
देवघाटको नवलपुरतर्फको भागबाट त्रिवेणीसम्म वैकल्पिक राजमार्ग निर्माणका लागि छिमेकी पालिकासँग समन्वय गरी सङ्घीय सरकारसँग पहल गरिने, नगर तथा वडाका रु १० लाखभन्दा बढीका योजना टेन्डरमार्फत सञ्चालन गरिने, सहरी सौन्दर्यका लागि ‘एक घर–एक बिरुवा’ तथा ‘एक वडा एक हरियाली पार्क’ कार्यक्रम सञ्चालन गरिने अधिकारीले बताए । सडक किनारमा वृक्षारोपण गरी हरित सडक निर्माण गर्ने नीति लिइएको उनको भनाइ छ ।
सत्तरी वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गको लागि घरदैलो स्वास्थ्य सेवा प्रदान गरिने भन्दै उनले आधारभूत सेवा प्रदान गर्नका लागि पालिकाका स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिने बताए । नगरका भौगोलिक विकटता रहेको स्थानमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने उनको भनाइ छ । नसर्ने रोगको बढ्दो चापलाई न्यून गर्न ४० वर्षमाथिका हरेक नागरिकको उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मिर्गौला रोग, श्वासप्रश्वास सम्बन्धी रोग, महिलाको पाठेघरको मुखको क्यान्सरको बर्सेनि निःशुल्क परीक्षण र औषधि र विशेषज्ञसहितको निःशुल्क घुम्ती शिविर सञ्चालन गरिने उनले बताए ।
यसैबीच, नगरप्रमुख अधिकारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षका लागि बजेट ल्याइएको नगर उपप्रमुख शान्ती कोइरालाले बताए । शुक्रबार सम्पन्न नगर सभाको १७औँ अधिवेशनमा उनले रु एक अर्ब आठ करोड ७२ लाख ४४ करोड बराबरको बजेट प्रस्तुत गरेका गर्नुभएको हो । उहाँले आगामी वर्षका लागि चालुतर्फ रु ६९ करोड ८८ लाख २६ हजार तथा पुँजीगततर्फ रु ३८ करोड ८४ लाख १९ हजार बराबरको बजेट प्रस्तुत गरे।
स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, वन तथा वातावरण संरक्षणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको नगर उपप्रमुख कोइरालाको भनाइ छ । पालिकाले फोहोर मैला प्रशोधनका लागि रु एक करोड ५० लाख, पूर्वाधार विकासका लागि रु १० करोड पाँच लाख, वडास्तरीय कार्यक्रमका लागि १२ करोड ९० लाख बजेट विनियोजन गरेको बताउनुभयो । १८ वटा वडा रहेको गैँडाकोट नगरपालिकामा पहाडी क्षेत्रमा पर्ने वडा नम्बर ३, १८ र १८ लाई प्रतिवडा रु ८० लाखका दरले तथा बाँकी वडालाई रु ७० लाखका दरले बजेट विनियोजन गरेको कोइरालाको भनाइ छ ।
शुक्रबार भएको नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट नगर सभाको ध्वनि मतले पारित गरिएको नगरप्रमुख अधिकारीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण