मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि...
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगले पार्टी पदाधिकारीको फेरबदल अद्यावधिक नगरेकोमा प्रश्न उठाएको छ।
- रास्वपाले साउन १७ गते आयोगमा निवेदन दिएको र आयोगले पुरानै महामन्त्री कायम राखेकोमा आपत्ति जनाएको छ।
- पार्टीले निर्वाचन आयोगसँग जवाफ माग गर्दै, अद्यावधिक नगर्नुको कारण सोधेको छ र यसलाई आधिकारिक मान्न आग्रह गरेको छ।
काठमाडौँ । निर्वाचन आयोगले पार्टी पदाधिकारीमा भएको फेरबदल अद्यावधिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोगको भूमिकामाथि प्रश्न उठाएको छ ।
निर्वाचन आयोगले अभिलेखमा महामन्त्री डा.मुकुल ढकाल नै रहेको बताएपछि त्यसमा रास्वपाले आपत्ति जनाएको हो ।
आयोगले असार ४ गते ढकालले रास्वपाको अध्यावधिक विवरण मागे बमोजिम पत्र दिएको भन्दै उनी नै महामन्त्री रहेको उल्लेख गरेको थियो। यसबारे खण्डन गर्दै रास्वपाले आयोगसँग जवाफ माग गरेको छ।
०८१ असार २५ गते पार्टीले गरेको निर्णय अनुसार साउन १७ गते निर्वाचन आयोगमा निवेदन पेस भएको रास्वपाले जनाएको छ ।
'पार्टी केन्द्रीय समितिको २०८१ असार २५ को निर्णय अनुसार पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ श्रावण १७ गते निर्वाचन आयोगसँगकै परामर्शमा निवेदन पेस भएको छ,'रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकोले हालसम्म किन अद्यावधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने देखिन्छ ।'
पार्टी केन्द्रीय समितिको २०८१ असार २५ को निर्णय अनुसार पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ श्रावण १७ गते निर्वाचन आयोगसँगकै परामर्शमा निवेदन पेस भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अद्यावधिकको निवेदन दर्ता भइसकेपछि सो निवेदनमा उल्लेख भएको व्यहोरा नै आधिकारिक हुने मान्यता र अभ्यास रहेको रास्वपाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण