विश्व योग दिवस
म माथि मिसनका साथ गालीगलौज गर्नेहरू योगको सङ्गतमा आए मान्छे बन्नेछन्: प्रधानमन्त्री ओली
शनिबार, ०७ असार २०८२, १२ : १२
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि गालीगलौज भइरहेको बताए, तर कसैप्रति वैरभाव नराखेको उल्लेख गरे।
- ओलीले केही तत्वहरूले मिसनका साथ गालीगलौज गरिरहेको र उनीहरू योगको सङ्गतमा आए मान्छे बन्ने धारणा राखे।
- प्रधानमन्त्रीले योग मनलाई स्थिर गर्ने र राम्रा काममा स्थिर हुनु नै योग भएको बताए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज गरिरहेको बताएका छन् । आज ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले कसैप्रति वैरभाव नराखेको बताए ।
आफूमाथि केही तत्त्वहरू मिसनका साथ गालीगलौज गर्न उत्रिरहेको बताउँदै उनले आफूले बुझाउन नसक्दा पनि गाली आइरहेको बताए । गालीको मिसन चलाउनेहरू योगको सङ्गतमा आएको खण्डमा मान्छे बन्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘म कसैप्रति वैरभाव केही राख्दिनँ । सधैँ प्रसन्नचित्त हुन्छु । मलाई गाली गरिरहेका हुन्छन् । मिसन छ गाली गर्ने । म बुझ्छु त्यो कुरा ।’
प्रधानमन्त्री ओलीले योग मनलाई स्थिर गर्ने कुरा रहेको बताए । उनले राम्रा काममा स्थिर हुनु नै योग भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण