गढीमाई नगरपालिकामा ५५ करोड रुपैयाँको बजेट पारित
सारांश
- गढीमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ५५ करोड रुपैयाँको बजेट पारित गरेको छ।
- बजेटमा पुँजीगत खर्चतर्फ १९ करोड १५ लाख ४९ हजार र चालु खर्चतर्फ ३५ करोड ७६ लाख २३ हजार १ सय ८ रुपैयाँ विनियोजन गरिएको छ।
- नगर प्रमुख श्याम प्रसाद यादवले आगामी वर्षमा विकास योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
रौतहट । रौतहटको गढीमाई नगरपालिकाको १२ औँ नगरसभाले आर्थिक वर्ष २०८२–०८३ का लागि करिब ५५ करोड रुपैयाँको बजेट पारित गरेको छ। शनिबार नगरपालिकाको सभाकक्षमा आयोजित नगरसभामा नगर प्रमुख श्याम प्रसाद यादवले ५४ करोड ९१ लाख ७२ हजार १ सय ८ रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।
पारित बजेटमध्ये पुँजीगत खर्चतर्फ १९ करोड १५ लाख ४९ हजार रुपैयाँ र चालु खर्चतर्फ ३५ करोड ७६ लाख २३ हजार १ सय ८ रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका प्राथमिकता क्षेत्रमा बजेट केन्द्रित गरेको जानकारी दिएको छ।
सभामा जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। नगर प्रमुख श्यामप्रसाद यादवले बजेट प्रस्तुत गर्दै नगरका विकास योजनाहरूलाई आगामी वर्षमा प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले सबै जनप्रतिनिधि, कर्मचारी र नगरवासीहरूलाई सहकार्यका लागि आग्रह समेत गरे।
नगरसभामा उपनगर प्रमुख स्मिता कुमारी यादव, वडा १ देखि ९ सम्मका वडाध्यक्ष, वडा सदस्यहरू, नगरपालिका कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
-
सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण