‘जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्छ’
सारांश
- एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गणतन्त्र विरोधी गतिविधि गर्नेहरूलाई प्रतिकार गर्ने बताए।
- उनले एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउन भइरहेका हमलाको प्रतिकार गर्ने र सबैलाई गणतन्त्रको रक्षा गर्न एकजुट हुन आह्वान गरे।
- धादिङमा भएको एमाले जिल्ला अधिवेशनमा पार्टीको आगामी योजना, निर्वाचन रणनीति र साङ्गठनिक सुदृढीकरणबारे छलफल भयो।
धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको सङ्घर्षबाट गणतन्त्र प्राप्त भएकाले यसविरोधी गतिविधि गर्नेप्रति एमाले डटेर प्रतिकार गर्ने बताएका छन् ।
एमाले धादिङको नवौंँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति आमनागरिक, राजनीतिक दल सबै एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउन विभिन्न कोणबाट भइरहेको हमलाको पार्टीले प्रतिकार गर्ने बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हाम्रो पार्टीको राष्ट्रवादी अडानलाई कमजोर बनाउन हामीमाथि हमला भइरहेको छ । एमाले जन्मसिद्ध र वंश परम्परामा आधारित शासनसत्ताको विपक्षमा छ । आमनिर्वाचित शासनसत्ता चलाउने, र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको छ । यसमा कोहीसँग सम्झौता हुँदैन ।’ जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
संविधानको सर्वोच्चता र कानुनी शासनको पक्ष, विकास र समृद्धि, सामाजिक सद्भाव कायम गर्नु सबैको दायित्व भएकाले समन्वय र सहकार्यको आवश्कता रहेको उनको भनाइ छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने भन्दै यसमा पार्टीका नेता तथा कार्यकर्ताको योगदान र सहयोगको खाँचो औँल्याए ।
एमाले जिल्ला कमिटीका अध्यक्ष भूमीप्रसाद त्रिपाठीले पार्टीको सङ्गठन, सदस्यता तथा जिल्लामा अन्य पार्टीको उपस्थितिको विश्लेषणसहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरे। प्रथम प्रतिनिधि परिषद् उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, जानुका सिङ्खडा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत नेताले पार्टीको आगामी योजना र निर्वाचन रणनीति, जनसम्पर्क अभियान तथा विचारधारात्मक स्पष्टताका विषयमा आ–आफ्ना धारणा राखेका छन् । परिषद्को नवौँ जिल्ला अधिवेशनले पार्टीको नीति र कार्यक्रमलाई अझ जनमुखी र प्रभावकारी बनाउने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिनिधि परिषद्ले दिएको मार्गदर्शन अनुसार आगामी दिनमा एमालेले साङ्गठनिक सुदृढीकरण र वैचारिक स्पष्टतालाई सशक्त बनाउने नेकपा एमाले धादिङकी सचिव राधिका सापकोटाले बताइन् । प्रतिनिधि परिषद्मा एमालेका पुराना नेताहरूलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण