इरान इजरायल तनाव
आणविक कार्यक्रम रोकिन्न: इरानी राष्ट्रपति
आइतबार, ०८ असार २०८२, ०० : ०३
सारांश
- इरानी राष्ट्रपति मसोउद पेजेश्कियानले आणविक कार्यक्रम नरोकिने बताए।
- उनले फ्रान्सका राष्ट्रपतिसँगको कुराकानीमा इरान विश्वसनीयता कायम गर्न तयार रहेको जनाए।
- इजरायलको आक्रमण जारी रहे इरानको प्रतिक्रिया 'ध्वंसात्मक' हुने चेतावनी दिए।
काठमाडौँ । इरानी राष्ट्रपति मसोउद पेजेश्कियानले देशको आणविक कार्यक्रम कुनै पनि हालतमा रोक्न नसकिने स्पष्ट पारेका छन्। उनले इरानले नागरिक प्रयोजनका लागि आणविक प्रविधि प्रयोग गर्ने अधिकार नछाड्ने बताएका हुन्।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँगको टेलिफोन वार्तामा पेजेश्कियानले इरान आफ्नो आणविक कार्यक्रमबारे विश्वसनीयता कायम गर्न आवश्यक ग्यारेन्टी दिन तयार रहेको जनाएका छन्। तर धम्की वा युद्धको डर देखाएर इरानलाई पछाडि हट्न बाध्य पार्न नसकिने उनको भनाइ थियो।
इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार, पेजेश्कियानले इजरायलका आक्रमण जारी रहे भने इरानको प्रतिक्रिया अझै ‘ध्वंसात्मक’ हुने चेतावनी पनि दिए।
उनले शान्तिपूर्ण आणविक कार्यक्रमका विषयमा विश्वास निर्माण गर्न संवाद र सहकार्य गर्न इरान तयार रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण