इरानमा अमेरिकी आक्रमणपछि बेलायती प्रधानमन्त्रीले के भने ?
आइतबार, ०८ असार २०८२, १४ : २४
काठमाडौँ । बेलायती प्रधानमन्त्री किएर स्टार्मरले इरानको आणविक स्थलमा अमेरिकी आक्रमणप्रति प्रतिक्रिया दिएका छन् ।
‘इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय सुरक्षाको लागि गम्भीर खतरा हो । इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन अनुमति दिन सकिँदैन र यो खतरा कम गर्न अमेरिकाले यो कदम चालेको छ,’ प्रधानमन्त्री किएर स्टार्मरले भने ।
मध्य पूर्वको अवस्था अझै धेरै संवेदनशील भएको र त्यस क्षेत्रमा स्थिरता कायम राख्नु प्राथमिकताको विषय भएको पनि उनले बताए । स्टार्मरले इरानलाई आणविक सम्झौतामा फेरि वार्ता सुरु गर्न आग्रह गरेका छन् । इरानले सङ्कट अन्त्य गर्न कूटनीतिक समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण