जसपाले गर्यो विधान संशोधन
सारांश
- जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो विधान संशोधन गरेको छ। जसपाको सङ्घीय परिषद् बैठकले केन्द्रीय समिति र सङ्घीय परिषद् सदस्यको सङ्ख्या थप गरेको हो।
- पार्टीको कार्यसमिति १५१ बाट २५१ पुर्याइएको छ भने सङ्घीय परिषद्को सदस्य संख्या ४१३ बाट ७०१ पुर्याइएको छ।
- विधान संशोधनले पार्टीको लोगोमा रहेको 'अङ्कित मुठी' चिन्हलाई चुनाव चिन्ह जस्तै बनाउने निर्णय गरेको छ।
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्नो विधान संशोधन गरेको छ । दुई दिनसम्म चलेको जसपा सङ्घीय परिषद्को बैठकले विधान संशोधन गरेको हो । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राई नेतृत्वको टिम अलग भएर २०८१ वैशाख २४ गते जसपा गठन भएको थियो ।
त्यतिबेला हतार हतारमा बनाइएको विधानलाई अहिले आएर केही संशोधन गरिएको पार्टी महासचिव इस्तियाक राईले बताए । बैठकले पार्टीको केन्द्रीय समिति तथा सङ्घीय परिषद् सदस्य सङ्ख्या थप गरेको छ ।
सो पार्टीको यसअघिको विधानमा १५१ सदस्यीय कार्यसमिति थियो । अहिले त्यसमा एक सय थपेर २५१ बनाएको छ । ४१३ सदस्यीय सङ्घीय परिषद्लाई ७०१ सदस्यीय पुर्याएको छ । ५१ सदस्यीय प्रदेश समितिलाई ६७ सदस्यीय समिति बनाएको छ भने ३९ सदस्यीय राष्ट्रिय समितिलाई ४५ सदस्यीय बनाएको छ ।
बैठकले विधानको अनुसूची ४ को धारा ८ लाई पनि संशोधन गरेको छ । पार्टीको लोगोमा ‘अङ्कित मुठी’ चिन्हलाई चुनाव चिन्ह जस्तै बनाउने निर्णय गरेको छ । चुनाव चिन्हको मुठी र पार्टी लोगोको मुठीलाई एकरूपता गर्ने महासचिव राईले बताए ।
संशोधित विधानलाई सङ्घीय परिषद्को अध्यक्षको संयोजकत्वमा केन्द्रीय समितिको अध्यक्ष, कार्यदलको संयोजक गरी पाँच सदस्यीय प्रमाणीकरण समितिले २१ दिनभित्र प्रमाणित गर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण