राजनीति
जसपा नेपालको केन्द्रीय समितिमा पाँच जना मनोनीत
सोमबार, ०९ असार २०८२, १४ : ३०
सारांश
- जसपा नेपालको केन्द्रीय समितिले विभिन्न दलबाट आएका पाँच जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।
- पर्सा, रुपन्देही लगायतका जिल्लाका नेताहरूलाई केन्द्रीय समितिमा मनोनीत गरिएको छ।
- सप्तरीको राजविराज नगरपालिकामा भएको अप्रिय घटनामा संलग्न पार्टी सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिले विभिन्न दलबाट भित्रिएका पाँच जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पर्साका शशीकुमार मियाँ, करिमा बेगम र सुधिरनाथ पाण्डेलाई केन्द्रीय समितिमा मनोनीत गरेको हो ।
यस्तै, रुपन्देहीका कैलाश गुरुङ र रुपन्देहीकै निलम यादवलाई पनि केन्द्रीय समितिमा मनोनयन गरिएको सो पार्टीका प्रवक्ता मनिष कुमार सुमनले जनाएका छन् ।
बैठकले सप्तरीको राजविराज नगरपालिकामा हालै घटेको अप्रिय घटनामा संलग्न रहेका पार्टी सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता सुमनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण