इरानले फेरि गर्यो इजरायलमा मिसाइल प्रहार
सारांश
- इजरायली सेनाले इरानबाट इजरायलतर्फ मिसाइल प्रहार भएको जनाएको छ, जसले गर्दा साइरन बजाइयो र हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरियो।
- इजरायली वायुसेनाले मिसाइललाई रोक्न र खतरा कम गर्न कारबाही गरिरहेको छ, जसले तनाव बढाएको छ।
- इरानी विदेशमन्त्रीले इजरायलले बिहान ४ बजेसम्म आक्रमण रोके इरानले जवाफ नदिने बताएका थिए, तर ट्रम्पले युद्धविरामको दाबी गरेपछि पनि तनाव बढेको छ।
काठमाडौँ । इजरायली सेनाले इरानबाट इजरायलतर्फ मिसाइल प्रहार भएको बताएको छ । यससँगै इजरायलका विभिन्न क्षेत्रहरूमा साइरन बजाइनुको साथै हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय गरिएको इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले जनाएको छ।
हाल इजरायली वायुसेनाले आवश्यक स्थानहरूमा मिसाइल अवरुद्ध गर्न र खतरा न्यूनीकरण गर्न सक्रिय रूपमा कारबाही गरिरहेको छ। यो नयाँ प्रहारले पुनः तनाव चर्किने संकेत दिएको बीबीसीले उल्लेख गरेको छ।
केही घण्टा अघि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इजरायलले बिहान ४ बजेसम्म आक्रमण रोक्ने हो भने इरानले पनि जवाफी कारबाही नगर्ने बताएका थिए ।
त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबिच “पूर्ण र सम्पूर्ण” युद्ध विराममा सहमति भएको दाबी गरेका थिए । ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताए पनि दुई देशबिचको तनाव थप चुलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण