कांग्रेस एमाले नमिलेपछि मादी गाउँपालिकाको बजेट रोकियो
सारांश
- कास्कीको मादी गाउँपालिकाको गाउँसभा राजनीतिक दलका प्रतिनिधिबीचको विवादका कारण स्थगित भयो।
- नेपाली कांग्रेस र नेकपा एमालेका सदस्यहरूबीचको विवादले बजेट प्रस्तुत गर्ने सभा अनिश्चितकालका लागि रोकियो।
- बैठक ढिला सुरु भएको र कार्यपालिका बैठक पार्टीको बैठक जस्तो गरी सञ्चालन भएको भन्दै सदस्यले आपत्ति जनाएपछि विवाद भएको थियो।
पोखरा । कास्कीको मादी गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । राजनीतिक दलका प्रतिनिधिहरूबिचको विवादका कारण बजेट प्रस्तुत गर्ने सभा नै स्थगित भएको हो ।
सोमबार नीति तथा कार्यक्रम पारित गरी बजेट ल्याउने तयारी भइरहेका बेला सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका सदस्यहरूबिचको विवादले गाउँसभा अनिश्चितकालका लागि रोकिएको पालिकाले जनाएको छ ।
यससँगै असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता पूरा गर्न गाउँपालिकालाई सकस परेको छ । गाउँपालिका अध्यक्ष देविजंग गुरुङले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि छलफलका क्रममा विवाद सुरु भएको थियो । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने गाउँसभा सदस्य पार्वती राना मगरले बैठक ढिला सुरु भएको र कार्यपालिका बैठक पार्टीको बैठक जस्तो गरी सञ्चालन भएको भन्दै आपत्ति जनाएकी थिइन् ।
उनको भनाइप्रति एमालेका सदस्यहरू माधव सापकोटा र दीपक क्षेत्रीले नियमापत्ति जनाए । पार्वतीको भनाई रेकर्डबाट हटाउन माग गरेपछि विवाद बढेको हो । विवाद समाधान नभएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले एक सूचना जारी गर्दै गाउँ सभाको १७ औँ अधिवेशन अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेका हुन् ।
एक सदस्यका अनुसार विवाद नीति तथा कार्यक्रम र बजेटमा भन्दा पनि व्यक्तिगत भएको र सोही विवाद सभामा प्रवेश गरेको हो । मादीमा अध्यक्ष नेपाली कांग्रेसका देविजंग गुरुङ र उपाध्यक्ष नेकपा एमालेकी कल्पना गुरुङ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण