६ अर्ब ६६ करोड रुपैयाँको आलु आयात
मङ्गलबार, १० असार २०८२, १३ : ३५
सारांश
- आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा ६ अर्ब ६६ करोड रुपैयाँको आलु आयात भएको छ।
- आयातित आलुमध्ये सबैभन्दा धेरै भारतबाट ६ अर्ब ३५ करोड रुपैयाँको आलु आयात भएको छ।
- आलु आयातबाट १ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार तीनवटा मुलुकबाट ६ अर्ब ६६ करोड ८५ लाख १२ हजार रुपैयाँ बराबरको २७००२६.९६ मेट्रिक टन आलु आयात भएको उल्लेख छ ।
सो परिमाणमा आलु आयात हुँदा १ अर्ब ३१ करोड २६ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । विभागका अनुसार कुल आलु आयात भएकोमध्ये सबैभन्दा धेरै भारतबाट आयात ६ अर्ब ३५ करोड १४ लाख ४६ हजार रुपैयाँको २५०९९७.८८ मेट्रिक टन आलु आयात भएको छ ।
दोस्रोमा बङ्गलादेशबाट ३१ करोड ४९ लाख ७० हजार रुपैयाँको १८९६३.०७ मेट्रिक टन आलु आयात भएको छ । यस्तै २१ लाख ५६ हजार रुपैयाँको ६६ मेट्रिक टन आलु चीनबाट आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण