मध्यपूर्वमा बढ्दो तनाव : नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह
सारांश
- इजरायल-इरान युद्धका कारण मध्यपूर्वमा उत्पन्न जटिल परिस्थितिका कारण एनआरएनएले त्यहाँ रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- एनआरएनएले भिडभाडबाट टाढा रहन, परिवार र निकायसँग सम्पर्कमा रहन, सुरक्षा निर्देशन पालना गर्न तथा आपतकालीन तयारी अवस्थामा रहन सुझाव दिएको छ।
- एनआरएनएले नेपालीको सुरक्षाका लागि दुई हटलाइन नम्बर सार्वजनिक गरेको छ, जहाँ २४ सै घण्टा सम्पर्क गर्न सकिनेछ।
काठमाडौँ । इजरायल र इरानबिचको युद्धका कारण उत्पन्न जटिल परिस्थितिमा कतारसहित समग्र मध्यपूर्व क्षेत्र संवेदनशील बनेको भन्दै बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्यहाँ रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत सूचना, सञ्चार तथा प्रकाशन समितिका प्रवक्ता फणिन्द्र पन्तद्वारा आज जारी विज्ञप्तिमा भिडभाडयुक्त सार्वजनिक स्थानमा जानबाट टाढा रहन, परिवार तथा सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहन, स्थानीय सुरक्षा निर्देशनको पालना गर्न र आपतकालीन तयारी राख्न विशेष सुझाव दिइएको छ।
"नेपाली दूतावास तथा एनआरएनएको सञ्जालसँग नियमित सम्पर्कमा रहनुहोस् र कुनै पनि विषम परिस्थितिमा तुरुन्तै जानकारी गराउनुहोस्," विज्ञप्तिमा उल्लेख छ। एनआरएनएले यसका लागि दुईवटा हटलाइन नम्बर ९८०१८६११२३ र ९८०१८६११०६ समेत सार्वजनिक गरेको छ । जसमा २४ सै घण्टा सम्पर्क गर्न सकिने जनाइएको छ।
गैरआवासीय नेपाली संघले नेपाली समुदायको सुरक्षा, सहजीकरण र मनोबल उच्च राख्न निरन्तर प्रयत्न गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण