प्रधानमन्त्री ओलीको प्रस्ताव : लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन संविधान संशोधन गरौँ
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा देखिएका कमजोरी सच्याउन संविधान संशोधन प्रस्ताव अघि सारेका छन्।
- प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ बनाउन संशोधन आवश्यक रहेको बताए ।
- प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानप्रति सम्झौता नगर्ने र संविधानमाथिको अपमान नसहने कुरा बताए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा देखा परेका व्यवहारिक कमजोरीहरू सच्याउन संविधान संशोधनको प्रस्ताव अघि सारेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ बनाउने गरी संविधान संशोधन आवश्यक भएको भन्दै प्रस्ताव अघि सारेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘संविधान कार्यान्वयनको क्रममा व्यवहारमा देखिएका केही कमजोरी छन् भने यस प्रणालीलाई र लोकतन्त्रलाई मजबुत बनाउने गरी संशोधन गरौँ । विकासलाई अगाडि बढाउने गरी, देशलाई अगाडि बढाउने गरी, देशलाई एकताबद्ध बनाउने गरी संशोधन गरौँ । तर मनोवैज्ञानिक ढङ्गले देशलाई विभाजित गर्ने गरी होइन । राष्ट्रिय एकता कायम गर्ने गरी, लोकतन्त्रलाई मजबुत बनाउने गरी संविधानलाई संशोधन गर्न जरुरी छ । हामीले अपनाएको प्रणालीलाई थप प्रभावकारी कार्यान्वयन हुने गरी संविधान संशोधन गरौँ ।’
उनले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्दै आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने टिप्पणी समेत पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण