संसद् बैठक
विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित
मङ्गलबार, १० असार २०८२, १७ : ४७
सारांश
- प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८२ बहुमतले पारित भयो।
- विधेयकमाथि मन्त्रालयगत छलफल भयो, जसमा मन्त्रीहरूले प्रश्नहरूको जवाफ दिए।
- सांसदहरूले राखेका संशोधनहरू अस्वीकृत भए, तर अर्थमन्त्रीले 'टेक एण्ड पे' र विलासिता करसम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रतिबद्धता जनाए।
काठमाडौं । बजेटको सबैभन्दा महत्वपूर्ण अंग मानिने विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो ।
पारित हुनुअघि उक्त विधेयकको मन्त्रालयगत विनियोजनमाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नमा मन्त्रीहरुले जवाफ दिएका थिए ।
प्रतिनिधिसभामा विभिन्न सांसदले राखेको संशोधन समेत प्रतिनिधिसभाले अस्वीकृत गरेको छ ।
सो क्रममा उर्जा मन्त्रालय अन्तर्गत लिइएको ‘टेक एण्ड पे’ र ‘विलासिता कर’सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने अर्थमन्त्री विष्णु पौडेलले प्रतिवद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण