२४ वटा नगरपालिकाले ल्याएनन् बजेट
सारांश
- आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट देशभरका २४ वटा नगरपालिकाले ल्याउन सकेनन्।
- मधेस प्रदेशका १६ वटा नगरपालिकाले बजेट ल्याउन सकेनन्, भने अन्य प्रदेशका केही नगरपालिकाहरूले पनि बजेट ल्याउन सकेनन्।
- नेपाल नगरपालिका संघका अनुसार २६९ वटा नगरपालिकाले समयमै बजेट पेश गरेका छन्।
काठमाडौँ । देशभरका २४ वटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउन नसकेको पाइएको छ । कुल २९३ वटा नगरपालिका (उपमहानगर र महानगर समेत) मध्ये निर्धारित समयमा बजेट २६९ वटा नगरपालिकाले मात्रै बजेट ल्याउन सकेको हो । कुल नगरपालिका मध्ये ९२ प्रतिशत नगरहरूले बजेट ल्याएका छन् भने ८ प्रतिशतले ल्याउन सकेका छैनन् ।
बजेट नल्याउने मधेसका धेरै नगर
नेपाल नगरपालिका सङ्घले असार १० गते मंगलबार साँझ साढे ६ बजेसम्म जम्मा गरेको तथ्याङ्क अनुसार मधेसका ७७ वटा नगरपालिका मध्ये १६ वटा नगरपालिकाले बजेट ल्याउन सकेनन् ।
यस्तै बागमतीका ४५ वटा नगरमध्ये ४ वटाले ल्याएनन्, लुम्बिनीको ३६ नगर मध्ये २ वटाले ल्याएनन् भने कोशीमा ४९ नगर मध्ये १ र कर्णालीमा रहेका २५ मध्ये एक नगरपालिकाले बजेट ल्याउन नसकेका हुन् ।
सुदूरपश्चिममा रहेका ३४ वटै नगरपालिका र गण्डकीमा रहेका २७ वटै नगरले निर्धारित समयमा नै बजेट ल्याउन सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण