उद्धार
भारतले इरानबाट गर्यो दुई जना नेपालीको उद्धार
मङ्गलबार, १० असार २०८२, २० : ०३
काठमाडौँ । भारतले इरानबाट दुई जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका दुई जना नेपाली भारतको दिल्ली आइपुगेका छन् । भारतस्थित नेपाली दूतावासका अनुसार इरानाबाट भारतीय टोलीसँगै नेपालका गणेशप्रसाद पोखरेल र सुमन गैरे मंगलबार दिल्ली आइपुगेका हुन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालका अनुसार इरानको मसदबाट २८१ भारतीय, तीन श्रींलकाली र दुई जना नेपाली भारत आइपुगेका छन् । नेपालले इरानाबाट आफ्ना नागरिक पनि उद्धार गरीदिन भारतलाई आग्रह गरेको थियो । सो आग्रह बमोजिम भारतले नेपालीहरूको उद्धार गरेको हो ।
उनीहरूलाई नेपाली दूतावासका अधिकारले एयरपोर्टमा लिन गएका थिए । उनीहरू भारतबाट काठमाडौँका लागि प्रस्थान गरिसकेका छन् । दूतावासका अनुसार इरानबाट ११ जना नेपाली नेपाल आउन लागेकोमा पहिलो चरणमा दुई जनाको उद्धार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण