शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

यस्तो छ आजको राशिफल : कुन राशिका लागि शुभ ?

बुधबार, ११ असार २०८२, ०५ : ४६
बुधबार, ११ असार २०८२

सारांश

  • आगामी वर्षको पात्रो, बार, तिथि, र समयसम्बन्धी जानकारी प्रस्तुत गरिएको छ।
  • मेषदेखि मीन राशिसम्मको राशिफल र ग्रहहरूको स्थितिको फल बताइएको छ।
  • शुभ कार्यका लागि उपयुक्त समय र राहुकालको बारेमा जानकारी दिइएको छ।

वि.सं.२०८२ साल आषाढ ११ गते । बुधबार । ईश्वी सन् २०२५ जुन २५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायण । ग्रिख्म ऋतु ।

श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष । तिथि–औंशी, २८ घडी ११ पला, बेलुकी ४ बजेर २८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–मृगशिरा, १५ घडी ४४ पला, बिहान ११ बजेर २९ मिनेट उप्रान्त आर्द्रा । योग–गंड, ४ घडी ५४ पला, बिहान ७ बजेर ९ मिनेट उप्रान्त वृद्धि  ।

करण–चतुष्पद, बिहान ५ बजेर २७ मिनेट उप्रान्त नाग, बेलुकी ४ बजेर २८ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मिथुन ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर १ मिनेट । दिनमान ३४ घडी ३५ पला ।  

आजको बार बेला ।  

  • बिहान ५ बजेर ११ मिनेटसम्म लाभ बेला ।
  • बिहान ५ बजेर १२ मिनेटदेखि बिहान ६ बजेर ५५ मिनेटसम्म अमृत बेला ।
  • बिहान ६ बजेर ५६  मिनेटदेखि बिहान ८ बजेर ३९ मिनेटसम्म काल बेला ।
  • बिहान ८ बजेर ३९ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म शुभ बेला ।
  • बिहान १० बजेर २३ मिनेटदेखि बिहान १२ बजेर ६ मिनेटसम्म रोग बेला ।
  • मध्यान्ह १२ बजेर ७ मिनेटदेखि दिउसो १ बजेर ५० मिनेटसम्म उद्वेग बेला ।
  • दिउसो १ बजेर ५१ मिनेटदेखि दिउसो ३ बजेर ३४ मिनेटसम्म चर बेला ।
  • दिउसो ३  बजेर ३५ मिनेटदेखि बेलुकी ५ बजेर १८ मिनेटसम्म लाभ बेला ।
  • बेलुकी ५ बजेर १८ मिनेटदेखि बेलुकी ८ बजेर १८ मिनेटसम्म उद्वेग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउसो १२ बजेर ६ मिनेटदेखि दिउसो १ बजेर ५० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ३ बजेर ३५ मिनेटदेखि बिहान ४ बजेर २३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो दूरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण  सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । अध्ययनकै सवालमा यात्राको योग बन्नेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरायसी कुरामा आफन्त तथा कुटुम्बसँग विवाद हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा मनग्गे समय दिए पनि थोरै आम्दानीमा चित्त बुझाउनु पर्नेछ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ । लगानीको लागी अध्ययनको जरुरी देखिन्छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीतिकर्मी तथा समाजसेवीहरूले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरीमा सहकर्मीहरूलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । सेयर बजार तथा व्यापारमा सुझबुझका साथ लगानी गर्नुपर्ने समय रहेको छ । लामो दूरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार तथा पुँजी बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा नोकरी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरूमा विवाहरूपी निकास पाउने योग रहेको छ । अध्ययनमा प्रगति हुनेछ भने विद्यार्थी वर्गका लागी आजको दिन फलदायी रहनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गरी पद प्राप्त हुने योग रहेको छ । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट  मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयले साथ दिने हुदा धर्म तथा अध्यात्म लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा सुझबुझका साथ लगानी गरे नाफा कमाउन सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यवसायमा लगानी गरे पनि समयमा प्रतिफल प्राप्त नहुँदा आर्थिक सङ्कटको सामना गर्नुपर्ला । आम्दानीको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ । नचाहँदा नचाहँदै तपाईँको बोलिले अरूको मन दुख्नेछ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरू घट्न सक्छ । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो नतिजा आउने छैन । मनमा एक किसिमको निराशापनको विकास हुने योग रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यापार र वित्तीय क्षेत्रबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पत्ति तथा विलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दूरीको यात्रा हुनेछ । परिवारका साथ रमाइलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यायिक निर्णयहरू आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्रस्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी दिगो फाइदा गर्न सकिनेछ । पुराना थाती रहेका  कामहरू सम्पादन हुनेछन् ।  अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्राको योग रहेको छ ।
  • कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन तथा अध्यापनमा मन नजाँदा महत्त्वपूर्ण उपलब्धिहरू गुम्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग भए पनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । विश्वास गरेकै मानिसबाट धोका पाइनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेको छ । घरजग्गाको काममा मन्दीको सामना गर्नुपर्नेछ ।  मौसम तथा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप