रौतहटमा फरार १३ प्रतिवादी पक्राउ
सारांश
- रौतहट प्रहरीले एकै दिन विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा जालसाजी, चोरी, ठगी, लागुऔषध, बैंकिङ कसुर, सवारी अंगभंग, ज्यान र कुटपिट मुद्दाका प्रतिवादीहरू छन्।
- पक्राउ परेका सबै प्रतिवादीलाई कैद र जरिवानाका लागि रौतहट जिल्ला अदालतमा पेश गरिएको छ।
रौतहट। रौतहटमा एकै दिनमा १३ प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १३ जना फरार प्रतिवादी लाई पक्राउ गरेको हो।
अदालतबाट दण्ड जरिवाना तोकिएर लामो समयदेखि लुकिछिपी बसेका १३ जना प्रतिवादीलाई मंगलबार जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए ।
पक्राउ पर्नेमा जालसाजी मुद्दाका अभियुक्त बिनाकुमारी, मनिषकुमार साह, सनीकुमार साह, प्रीतिकुमारी साह, चोरी मुद्दाका सरुप महतो, अखिलेश यादव र मुरतुजा अन्सारी रहेका छन्।
त्यसैगरी पक्राउ पर्नेमा ठगी मुद्दाका रामशंकर साह, लागुऔषध मुद्दाका लखेन्द्र ठाकुर, बैकिङ कसुरमा अभिमन्यु कुमार उपाध्याय, सवारी अंगभंगका रोहित साह कलवार, सवारी ज्यानका मनोज राम र कुटपिट मुद्दाका लालबाबु साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
पक्राउ परेका सबैजना प्रतिवादीलाई कैद तथा जरिवाना असुलको लागि मंगलवार जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण